दफा २०
स्वतन्त्रता र अधिकार हुने

(१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरिने छैन ।
(२) कानूनको अधीनमा रही प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता र अधिकार हुनेछ :–
(क) आफ्नो विचार राख्ने तथा अभिव्यक्त गर्ने,
(ख) बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा सभा, सम्मेलन गर्ने,
(ग) सङ्घ वा संस्था खोल्ने,
(घ) नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने,
(ङ) कुनै पेशा, रोजगार, उद्योग, व्यवसाय गर्ने,
(च) आफूले चाहेको शिक्षा वा आफ्नो मातृभाषामा शिक्षा आर्जन गर्ने,
(छ) सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, हस्तान्तरण गर्ने र सम्पत्तिको अन्य कुनै कारोबार गर्ने,
(ज) सार्वजनिक नैतिकता र परम्पराको मर्यादा राखी सनातनदेखि चली आएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने,
(झ) आफ्नो समुदायको भाषा, लिपि वा संस्कृतिको संरक्षण र सम्वद्र्घन गर्ने,
(ञ) आफ्नो धार्मिक समुदायको स्वतन्त्र अस्तित्व कायम राखी धार्मिक स्थल र धार्मिक गुठीको सञ्चालन गर्ने,
(ट) आफ्नो जीउ, आवास, सम्पत्ति, लिखत, पत्राचार वा सूचनाको रक्षा गर्ने वा गोप्य राख्ने ।